घरभित्रै थुनेर आगो लगाइएकी झलनाथ पत्नी राज्यलक्ष्मीको निधन

7.1k Shares

काठमाडौँ- जेन-जी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा घरभित्र थुनेर जिउँदै आगो लगाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ ।

डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो ।

उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको नाजुक अवस्थामा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार