कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

7.2k Shares

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण पर्खाल भत्किँदा, चट्याङ पर्दा र खाल्डोमा डुबेर आठ जनाको मृत्यु भएको हो । 

बीबीसीका अनुसार सिन्ध सरकारले मंगलबार भएको भारी वर्षाका कारण कराचीमा आज (बुधवार) बिदा घोषणा गरेको छ । 

पाकिस्तानको मौसम विभागले बुधवार पनि भारी वर्षाको चेतावनी दिएको छ ।

सम्बन्धित समाचार