खोलामा बगेर बालकको मृत्यु

6k Shares

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको खोलामा बगेर मृत्यु भएको छ । बुधबार बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

प्रहरी निरीक्षक नवीन राईका अनुसार धर्मेन्द्रलाई खोलाले बगाएको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार