सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गयो

8.3k Shares

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ गुडिरहेकोे मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस बिहान एक आपसमा ठोक्किएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइतेहरुको धरानका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार