बिश्व – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन भएको छ । उग्रवादी समूह हमासको कब्जामा रहेका बन्धकको रिहाइ निम्ति शनिबारदेखि नै इजरायलको राजधानी जेरुसेलममा प्रदर्शन भएको हो ।
जेरुसेलममा सडकमा केन्द्रित भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेञ्ज्यामिन नेतन्याहूको निवासतर्फ मार्च गरेका छन् । गाजा शहर पूर्ण रूपमा कब्जा गर्ने नेतन्याहू सरकारको योजनाविरुद्ध प्रदर्शनकारीहरूले आक्रोश पोखेका छन् ।
इजरायलका पूर्वसैनिक म्याक्स क्रिस पनि प्रदर्शनमा सहभागी थिए । उनले बोकेको प्लेकार्डमा ‘म अस्वीकार गर्छु’ लेखिएको थियो ।
जेरुसेलममा मात्र होइन, गाजा कब्जा योजनाविरुद्ध इजरायलको तेल अभिभ र हाइफासहित धेरै शहरहरूमा विरोध प्रदर्शन आयोजना गरिएको छ ।