आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.3k Shares

काठमाडौं, २२ साउन । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली बस्ने ५८ वर्षीय महेश गोयलको शैलुनमा मंगलबार राति आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, गोदावरी नगरपालिका-३ पाटीस्थित राजु तामाङको होटल भ्यु भृकुटीको प्राङ्गणमा राखिएको जेनेरेटरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा जेनेरेटरमा पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-९ बस्ने ४१ वर्षीय लक्ष्मी प्रसाद ठेलुले आफ्नै घर छेउमा पार्किङ गरी राखेको बा.३ क २९७६ नम्बरको जेसिबिमा गए राति आगलागी हुँदा जेसिबिको अगाडि ईन्जिनको भाग जलेर क्षति भएको छ ।

सप्तरी, डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर बस्ने रामेश्वर यादव र उनकै भाई विन्देश्वर यादवको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार