दाङको घोराही लमही सडक खण्डमा आजदेखि तीन दिन चार पाङ्ग्रे गाडी नचल्ने

6.8k Shares

काठमाण्डौ – दाङको घोराही–लमही सडकमा आजदेखि २४ गते बिहानसम्म ठूला गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार मसोट खोला पुल मर्मतका लागि घोराही–लमही सडक खण्डमा आज बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म ठूला गाडी सञ्चालनमा रोक लगाएको हो ।

पुल मर्मतको समयमा दुई पाङ्ग्रे गाडी भने चल्न सक्ने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर बिष्टले दुई पाङ्ग्रेबाहेक अरु गाडीले वैकल्पिक सडक अर्जुनखोला–अमेलिया–तुलसीपुर सडकखण्ड प्रयोग गर्न सक्छन् ।

मसोट खोला पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकोले मर्मतका लागि काम भइरहेको छ ।

सम्बन्धित समाचार