दाङ, बाँके र बर्दियामा डुबानको जोखिम, उच्च सतर्कताका अपनाउन मौसम विभागको आग्रह

6.4k Shares

काठमाण्डौ – पछिल्लो ६ घण्टामा दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा तथा बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेकाले ती क्षेत्र भई बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अरु ससाना खोलाहरुमा आकस्मिक बाढीको जोखिम बढेको छ ।

साथै होचो भूभागमा डुबानको जोखिम रहेकोले उच्च सतर्कताका साथ सुरक्षित ठाउँमा बस्न जल तथा मौसम विभागले आग्रह गरेको छ ।

आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने विभागले जनाएको छ । 

सम्बन्धित समाचार