उर्मिला हायूको परिवारको विषयमा गलत टिप्पणी भएकोमा समाजकाे आपत्ति

7.7k Shares

काठमाण्डाै – हायू समाज नेपालले सिन्धुलीमा बसोवास गर्ने उर्मिला हायूको परिवारको विषयमा गलत टिका–टिप्पणी भएकोमा आपत्ति जनाएको छ ।

समाजले आज विज्ञप्ति निकालेर गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भई कास्कीकाे पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका उर्मिला हायूको परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण टिप्पणी गरेकोमा आपत्ति जनाएको हो ।

समाजका अध्यक्ष लक्ष्मण हायूले निकाल्नुभएको विज्ञप्तिमा आधारहीन प्रचारले हायू परिवारलाई हैरानी दिएको मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको उल्लेख छ ।

उर्मिला हायूको १६ सदस्यीय परिवार बसोवास गरिरहेको ठाउँबाट सम्पर्कविहीन भएकोमा हिजो बेलुका पोखरामा सकुशल भेटिएका थिए । उनीहरूले कामको सिलसिलामा पोखरा आएको प्रहरीमा बताएका छन् ।

समाजले यो परिवारको पुनर्स्थापना र व्यवस्थापनका लागि तीन तहका सरकारसँग मागसमेत गरेको छ ।

सम्बन्धित समाचार