6k
Shares
काठमाडौं, ८ साउन । पर्सा, वीरगंज महानगरपालिका-२ बस्ने शम्भु साह कल्वारले संचालन गरेको सिनेमा हलभित्रको स्टोर रूममा गए राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
चितवन, राप्ती नगरपालिका-४ डडुवाचोक बस्ने ४० वर्षीय लक्ष्मण थपलियाको भान्सा कोठामा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।