प्रधानमन्त्री ओलीबाट पुष्पलालप्रति उच्च सम्मान व्यक्त

8.8k Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन्– ‘आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !’

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन् ।

विसं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

सम्बन्धित समाचार