8k
Shares
काठमाडौं, ६ साउन । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा टहरा भाडामा लिई तेजबिनायक बस्ने भक्तपुर सिरूटार घर भएका ५० वर्षीय पुस्कर थापाले संचालन गरेको प्रतिमा मल्टि सप्लायर्स नामक ग्याँस गोदाममा गए राति आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । पर्सा, वीरगंज महानगरपालिका-१० स्थित चन्द्रभुषन पंडितको माहाकाल कपी उद्योगमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब १० लाख रूपैयाँ
बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।