नेपाल–भारत गृहसचिवस्तरीय बैठक आज र भोलि नयाँ दिल्लीमा बस्दै

7.1k Shares

काठमाण्डौ – नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक आज र भोलि भारतको राजधानी नयाँ दिल्लीमा बस्दैछ ।

हरेक वर्ष हुनुपर्ने बैठक ९ वर्षपछि बस्न लागेको हो । बैठकमा नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वको टोली सहभागी हुँदैछ ।

बैठकमा सीमापार अपराध, लागूऔषध नियन्त्रण, सीमा व्यवस्थापन र सूचना आदानप्रदानलगायत विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा सीमा स्तम्भहरूको मर्मतसम्भार तथा सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्ने विषयमा पनि छलफल हुनेछ । 

सम्बन्धित समाचार