अवैध लागूऔषध गाँजा बरामद

8.7k Shares

पर्सा, २ साउन । पकहामैनपुर गाउँपालिका-२ सुर्जाहाकट्टिबाट अवैध लागूऔषध गाँजा १ सय ५७ किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त स्थानमा परालले छोपेर राखेको ६ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार