काठमाडौं, २ साउन । कैलाली, गौरीगंगा नगरपालिका-११ ऐठा बस्ने २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको सोही ठाउँस्थित सुर्मा खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
कपिलवस्तु, बुद्धभूमी नगरपालिका-९ बकलिपुर बस्ने सुनिल थारूको छोरा ७ वर्षीय आहान थारूको घर नजिकै रहेको पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको स्थानीय दुबेदी मेडिकल ईमिलियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।