6.2k
Shares
सुर्खेत, ३१ असार । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्दलाई
सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।