7.4k
Shares
काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहको छ । जल तथा मौमस पूर्वानुमान महाशाखाका माैसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा रुकुम, कास्की, सिन्धुपाल्चोक र जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । रुकुमको रुकुमकोटमा सबैभन्दा धेरै २० दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् दाहालले बताउनुभयो ।
यसैगरी कास्कीमा १४ दशमलव ६ मिलिमिटर, सिन्धुपाल्चोकको मानिर्खकमा ११ मिलिमिटर, जिरीमा ८ दशमलव २ मिलिमिटर, जुम्लामा ६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
यसैबीच काठमाण्डाै उपत्यकामा पनि वर्षा भइरहेको छ । यसअघि आज दिउँसो उपत्यकामा अत्यधिक गर्मी भएको थियो ।