नेपाललाई ४ पदक

5.7k Shares

काठमाडाैँ । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् । आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते ।

जमान कोरियामै बस्दै आएका छन् । प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित समाचार