मृत अवस्थामा फेला

9k Shares

काठमाडौं, २९ असार । नुवाकोट, तादी गाउँपालिका-३ बाङ्गेटारस्थित तादी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिराहा, लहान नगरपालिका-११ पडरियास्थित खाली जग्गामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, ज्वालामुखि गाउँपालिका-३ अमराई बस्ने ४५ वर्षीय सेते सार्की सोही ठाउँस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, बग्नासकाली गाउँपालिका-१ भलुवाचौर बस्ने ४८ वर्षीय मान बहादुर गाहा घर नजिकै खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार