4.9k
Shares
नुवाकोट, २७ असार । बिदुर नगरपालिका-१० सिमुटारबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-९ कोलनी बस्ने २६ वर्षीय प्रोमेश श्रेष्ठ, २७ वर्षीय प्रदिप बिसुङ्खे र सोही नगरपालिका-१० गेर्खुटार बस्ने २४ वर्षीय बिशाल मग्राती रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले कोलनीबाट बेत्रावतीतर्फ जाँदै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटरमा सवार प्रोमेश र प्रदिपलाई डाईजेपाम ६ एम्पुल, नुर्फिन ६ एम्पुल र प्रोमेथाजाइन हाईड्रो क्लोराईड ६ एम्पुल तथा पैदलयात्री बिशाललाई ट्रामाडोल ६ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।