मृत अवस्थामा फेला

7.4k Shares

काठमाडौं, २७ असार । चितवन, भरतपुर महानगरपालिका-१ आँपटारी बागेश्वरीस्थित जलदेवी सामुदायिक वनमा सोही महानगरपालिका-११ केबि लाईन बस्ने ५९ वर्षीय लोक बहादुर विक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरास पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल भारत सिमानामा रहेको ब्यारेज पुलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, नौबहिनी गाउँपालिका-६ माक्रेमा सोही नगरपालिका-८ फोप्ली चुलीखर्क घर भएका ६५ वर्षीय खुम बहादुर पुन बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार