एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन

7.8k Shares

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भनेर आफूले नभनेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्ति चाहिँ नफर्किएको बताएको उनले स्पष्ट पारेकी छन् ।

स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले त्यस कार्यक्रममा विभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपाली गएको उनले बताइन् ।

मंगलबार आफूले संसद्मा राखेको धारणालाई नबुझेर बिभिन्न टिप्पणी भएकोप्रति उनले आपत्ति जनाइन् । आफ्नो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको मागप्रति गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको दाबी गरिन् ।

आफ्नो भनाइ रेकर्डबाट हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर उनले गरिन् । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिनेगरि समिति बनाएकाले आफूहरूको निरन्तर विरोध रहेको बताइन् ।

सम्बन्धित समाचार