बाढीले बाग्लुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगायो

7.6k Shares

बाग्लुङ – बाग्लुङ जैमिनी नगरपालिका–९ पैयुथन्थापको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीयवासी गङ्गा आचार्यले जानकारी दिनुभयो ।

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुगेकाे छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

गएको वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टील पुल पनि बगेको आचार्यले बताउनुभयो । पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीका कारण विस्थापित भएका छन् । सात परिवार बाढी पहिरोको जोखिममा रहेका छन् ।

सम्बन्धित समाचार