आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.6k Shares

काठमाडौं, २५ असार । पाँचथर, कुम्मायक गाउँपालिका-४ तिल्के बस्ने बुद्धि चौलागाइको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बारा, कलैया उपमहानगरपालिका-२० बसतपुर बस्ने सयदुलाह मियाको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

इलाम, माईजोगमाई गाउँपालिका-५ न्यौपाने गाउँ बस्ने बेद प्रसाद न्यौपानेको गोठमा गए राति आगलागी हुँदा करिब २ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार