सानेपामा भारतीय नागरिक मृत फेला, हत्या आशंका

17.1k Shares

काठमाडौं  । ललितपुर महानगरपालिका– २ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । भारत राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । दई तले घरको दोस्रो तलामा पारिक मृत फेला परेका हुन् । घटनास्थलमा रगत देखिएको छ । 
घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।

सम्बन्धित समाचार