म्याग्दीको दोसल्लेमा बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

7.4k Shares

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा १२ वर्षपछि खेलमैदान निर्माण भएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर शुरु गरेको खेलमैदानको निर्माणकार्य सम्पन्न भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले युवाहरूको अगुवाइमा समुदायस्तरबाट शुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताउनुभयो । खेलमैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्ला छ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर सहयोग गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्म पालिकाबाट ३४ लाख र गण्डकी प्रदेश सरकारबाट पाँच लाख गरी ३९ लाख रुपैयाँ विनियोजन भएको थियो । खेलमैदान निर्माणपछि खेलअभ्यास र प्रतियोगिता गर्न सहज हुने भएको छ ।

सम्बन्धित समाचार