6.6k
Shares
काठमाडौं, २० असार । तारकेश्वर नगरपालिका-८ नेपालटार टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।