काठमाडौं, १८ असार । कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजीस्थित सडकमा सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले इलेक्ट्रोनिक स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटरचालक भिमदत्त नगरपालिका-१५ गोबरिया बस्ने ४० वर्षीय दिपक चन्दको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, गढी गाउँपालिका-६ मझौस्थित सडकमा ग.१ ख २०१२ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने श्रवण उरावको छोरा साढे ३ वर्षीय आयुष उरावको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
बसबाट ओर्लिने क्रममा लडी सोही बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।