सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन

11.7k Shares

काठमाडौँ, ११ असार । वीरगञ्जमा किशोर तथा युवाहरूमाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीलाई प्रवर्धन गर्न ‘युवा पहुँच परियोजना’ सक्रिय रूपमा सञ्चालनमा आएको छ ।

WhatsApp Image 2025-06-25 at 15.47.23_42c834a2.jpgपरियोजनाले युवाहरूलाई सुरक्षित यौन र प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । युवा संस्थाको अगुवाइमा सञ्चालन भइरहेको यो परियोजनाले विशेष गरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवाहरूलाई लक्षित गरेको जनाइएको छ ।

WhatsApp Image 2025-06-25 at 15.47.23_34539c0d.jpgविद्यालय, कलेज र समुदायस्तरमा पुगेर परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम, तथा उपलब्ध नि:शुल्क सेवाहरूको बारेमा सचेतना फैलाइरहेको संस्थाले जनाएको छ । सुरक्षित गर्भपतनको अधिकार हरेक महिलाको मानव अधिकार भएको र युवा संस्थाको प्रयास भनेको युवालाई सही जानकारीसहित सेवा उपलब्ध गराई उनीहरूले समयमै निर्णय लिन सकून् भन्ने रहेको युवा संस्थाका वीरगंज संयोजक आसु सर्राफले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवाहरूलाई लक्षित सेवामा परामर्श सेवा, नि:शुल्क गर्भनिरोधक साधन वितरण, र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवा समावेश गरिएको छ । साथै, परियोजनाले युवा मैत्री स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा विस्तार गर्दै समुदायमा रहेको भ्रम र लाजको वातावरण तोड्ने प्रयास गरिरहेको छ ।”

WhatsApp Image 2025-06-25 at 15.49.02_cf2a8fb7.jpgपरियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको र उक्त विषयमा अहिले यहाँका किसोरीहरु खुलेर बोल्न थालेको तथा अहिले खुलस्त रुपमा जानकारी लिन थालेको परियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको र उक्त विषयमा अहिले यहाँका किसोरीहरु खुलेर बोल्न थालेको तथा अहिले खुलस्त रुपमा जानकारी लिन थालेको वीरगंजको नारायणी अस्पतालका प्रसुति तथा स्त्री रेग विशषज्ञ डा.मञ्जु रायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “किसोरीहरु अहिले सुरक्षित गर्भपतनका लागि सरकारी अस्पतालमा आउने गरेका छन् । युवा संस्थाले गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको छ ।”

WhatsApp Image 2025-06-25 at 15.34.47_7c6f593f.jpgआगामी महिनाहरूमा वीरगञ्जका विभिन्न वडाहरूमा मोबाइल हेल्थ क्याम्प पनि सञ्चालन गरिने तथा स्वास्थ्यकर्मीहरूले नि:शुल्क सेवा र परामर्श दिने जनाइएको छ । नेपालमा सन् २००२ मा गर्भपतनलाई कानूनी मान्यता दिइएको भएपनि अझै पनि नेपालका धेरै महिलाहरू असुरक्षित गर्भपतन गर्न बाध्य भएको भन्दै सुरक्षित गर्भपतनका लागि युवा पहुँच परियोजना सुरु गरिएको छ ।

नेपालमा गर्भपतन कानूनी त भएको छ, तर सेवा सबैका लागि सहज र सुरक्षित नहुँदा तथा जानकारीको कमी, स्वास्थ्य सेवामा पहुँचको अभाव र सामाजिक दबाबका कारण आज पनि सयौँ महिलाहरू असुरक्षित तरिकाले गर्भपतन गर्न बाध्य भई असुरक्षित गर्भपतन एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखिएपछि युवाहरुको समूहले सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन गरेको हो ।

विशेषत: वीरगञ्ज जस्ता क्षेत्रहरूमा सुरक्षित सेवामा पहुँचको अभाव, सामाजिक कलंक, र जानकारीको कमीका कारण असुरक्षित गर्भपतन एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखिएका कारण आफुहरुले उक्त परियोजना सुरु गरी सुरक्षित गर्भपतनका लागि तालिम लगायतका अन्य जनचेतना मुलक कार्यक्रम सुरु गरेको युवा संस्थाका कार्यक्रम संयोजक विपना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “युवाको नेतृत्वमा सञ्चालित संस्था युवाले वीरगंजमा सुरक्षित गर्भपतनसम्बन्धी पहुँच विस्तार गर्ने उद्देश्यले युवा पहुँच परियोजना सन् २०२१ देखि कार्यान्वयन गर्दै आएको छ ।”

हाल संस्थाले वीरगञ्ज महानगरपालिकाका प्रतिनिधिहरूसँग नियमित रूपमा छलफल र नीतिगत संवाद सञ्चालन गरिएको र जसले युवामैत्री सुरक्षित गर्भपतन सेवाको अवधारणालाई अघि बढाएको उहाँको भनाई छ । उक्त संस्थाले यहाँका ४० जना युवालाई “युवा च्याम्पियन्स” को रूपमा छनोट गरी सुरक्षित गर्भपतनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम प्रदान गरेको जनाइएको छ ।

यसैगरी ती च्याम्पियनमार्फत कम्तिमा पनि १ हजार ५०० भन्दा बढी स्कुल, कलेज र समुदायका युवाहरूलाई प्रत्यक्ष रूपमा सुरक्षित गर्भपतनबारे जानकारी दिइएको र ६ जना अनमी (सहायक नर्स मिडवाइफ) हरूलाई मेडिकल गर्भपतन सम्बन्धी तालिम प्रदान गरिएपछि अहिले सेवाको गुणस्तर र पहुँचमा सुधार ल्याएको युवा संस्थाले जनाएको छ ।

यतिमात्र नभई ५० जना स्वास्थ्यकर्मीहरूलाई भ्याक्ट मूल्य स्पष्टीकरण र मनोवृत्ति रूपान्तरण जस्ता तालिम प्रदान गरिएकाले उनीहरूलाई सुरक्षित गर्भपतनप्रति सकारात्मक दृष्टिकोण राख्न उत्प्रेरित गरेको युवा संस्थाका कार्यकारी सदस्य खुस्बु राईले बताउनुभयो ।

“युवा पहुँच परियोजनाको मूल उद्देश्य भनेको युवाहरू, विशेष गरी किशोरी तथा युवा महिलाहरूलाई सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीमा पहुँच सुनिश्चित गर्नु हो,” उहाँले भन्नुभयो, “नेपालको दक्षिणी तराई क्षेत्रमा पर्ने वीरगञ्जमा यस्ता सेवाहरूमा पहुँचको अभावले गर्दा धेरै महिलाहरू असुरक्षित गर्भपतन, सामाजिक कलंक र स्वास्थ्य जोखिमको सामना गरिरहेका थिए ।”

उक्त परियोजनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्वदायी भूमिकामा राखिएको संसथाले जनाएको छ । उनीहरूलाई सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, कानुनी जानकारी, र समुदायसँग कसरी संवाद गर्ने गरी प्रशिक्षित गरिएको संस्थाका कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार युवा संस्था एक युवाहरूले नै सञ्चालन गर्ने र नेतृत्व गर्ने संस्था हो । यसको औपचारिक स्थापना सन् २००९ मा भएको तर, यस संस्थाका संस्थापकहरू सन् २००५ देखि नै युवासम्बन्धी क्षेत्रमा सकृय रूपमा कार्यरत थिए ।
युवाले युवाको सशक्तिकरण र वकालतमार्फत उनीहरूको सहभागिता प्रवद्र्धन गर्ने संस्थाले लक्ष्य राख्दै आएको जनाइएको छ ।

सम्बन्धित समाचार