8.9k
Shares
काठमाडौं– धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन्।
बुधबार बिहान पौने ९ बजे करिब ५६ वर्षकी साईली गिरी धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिरस्थित त्रिशुली नदिमा हाम्फालेकी थिइन्। गिरीको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सहप्रवक्ता थापाले जानकारी दिए।