नक्कली परीक्षार्थी पक्राउ

7.1k Shares

काठमाडौं –  जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दान बहादुर रोकायाको तर्फबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

परीक्षामा सहभागी भएका जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका ८ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने वर्ष २६ को केशव रोकायालाई आवश्यक अनुसन्धान तथा कारबाही गरी दिन हुन भन्ने समेत व्यहोराको जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार निज नक्कली परीक्षार्थी केशव
रोकायालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी शिक्षा सम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ सो सम्बन्धमा अनुसन्धान
भइरहेको छ।

सम्बन्धित समाचार