आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.2k Shares

काठमाडौं, १० असार । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३ बर्राडाँडा बस्ने सोम बहादुर तामाङको गोठमा सोमबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खुस्थित बिष्णु पहेलीले संचालन गरेको बिटि सुज सेन्टरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार