विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

6k Shares

काठमाडौं– बाराको पचरौता नगरपालिका-२ बिसनपुर बस्ने ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौली बस्ने १८ वर्षीय प्रदिप लोधको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै घरमा विद्युतीय पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार