हत्या गरेको अभियोगमा पक्राउ

6.9k Shares

सर्लाही, ५ असार । गोडैता नगरपालिका-६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।

साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार