विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

10k Shares

काठमाडौँ– गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरिएको छ। 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ भने केही मन्त्रीहरूको विदेश भ्रमण समेत स्वीकृत गरिएको छ। केही कर्मचारीको सरुवा समेत गरिएको सञ्चारमन्त्री गुरुङले बताए। 

त्यसैगरी पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैङ्कबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार र दक्षिण कारिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय सार्वजनिक भएको छ। 

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकर्रर गर्ने निर्णय गरेको छ।1_291G2qlLa2-1750237661.jpg2_88WuZAgxoM-1750237661.jpg

सम्बन्धित समाचार