कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालन

8.9k Shares

गुल्मी – पहिरोका कारण अस्ति सोमवारदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडकको पहिरो आशिंकरुपमा हटाएपछि हिजो बेलुकादेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

कालीगण्डकी गाउँपालिका–६ को बरल्बामा अस्ति दिउँसो सडक माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि सडक पुर्णरूपमा अवरुद्ध थियो ।

सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र उपकरण प्रयोगगरी सडक छेउको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालन गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । 

सम्बन्धित समाचार