अरनिको राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकामा आवागमन रोकियो

5.7k Shares

काठमाण्डाै – अरनिको राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाकातर्फको आवागमन रोकिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारी कोप्लाङमा शनिवार बेलुका सडक भासिएर राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको हो ।

सडक खण्डको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ । यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ३ लार्चामा राखिएको ह्युमपाइप पनि बगाएको छ ।

सम्बन्धित समाचार