कलैया । बाराको छतवा नाकाबाट तस्करी धन्दा शुरू भएको छ । संरक्षण र सेटिङमा तस्करी धन्दा सुचारू भएको स्थानीय उमेश यादवले जानकारी दिए ।
केही दिन अलि कडा गरिएको कारण तस्करी धन्दा राेकिएकाे भए पनि अहिले भने तस्करी धन्दा सुचारू भएको हो । तस्करी धन्दाकाे लाइन मिलाउने काम सशस्त्र प्रहरी बलले गरेको स्थानीय व्यवसायी उमाशंकर साह बताउँछन् ।
अहिले यो नाकाबाट तस्करी धन्दाकाे लाइन पाउनेहरूमा प्रेम काजु , दिनेश रजनिगन्धा , अनिल कपडा रज्निगन्धा , सकिर , मनाेहर , चन्दन , भाेला र मनाेज मुख्य रहेका छन् । सबैभन्दा बढी यस नाकाबाट भैंसी र कपडाको तस्करी भैरहेको छ। तस्करी धन्दा गर्नका लागि बिहान २ बजे देखि ५ बजे सम्मको समय ताेकिएकाे छ ।
यसनाका भन्दा भारतीय क्षेत्रमा घाेडासान भन्ने ठाउँ पर्दछ । तस्करहरूले तस्करीको सामान रक्साैलबाट घाेडासान हुदै छतवा लिएर आउने गरेका छन् ।