20.1k
Shares
काठमाण्डाै । काठमाण्डौसहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु र तुवाँलो लागेको छ ।
बिहानैदेखि लागेको हुस्सु र तुवाँलो अझै हटेको छैन । धुलो, धुवाँ र प्रदूषणका कारण लागेको लागेको तुवाँलो आज दिनभर नै रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो अस्तिदेखि नै देशका धेरै ठाउँमा पारिलो घाम लागेको छैन ।
तुवाँलोका कारण भिजिबिलिटी घटेको छ भने आज धेरै ठाउँमा घाम नलाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।