काठमाडौं, २९ जेठ । पर्सा, जगरनाथपुर गाउँपालिका-१ पाण्डेपुर बस्ने जमिरा राउत गद्दीको गोठ, नजारूल राउत गद्दीको गोठ र मोलालीम राउत गद्दीको गोठमा बुधबार राति आगलागी हुँदा तीनै जनाको गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ गंगाबस्तीमा रूपन्देही बुटवल उपमहानगरपालिका पाल्पा रोड बस्ने अम्बरिन छत्माले सञ्चालन गरेको अन्नपुर्ण पोल्ट्री फर्ममा विद्युत सर्ट भई बुधबार साँझ आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मगरघाट बस्ने भारत घर भएका ५० वर्षीय शंकर शाहले सोही उपमहानगरपालिका-११ मा संचालन गरेको कवाडी कारखानामा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा नगद, लत्ताकपडा तथा भाँडावर्तन लगायतका सरसामान जलेर नष्ट भएको छ ।
क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।