8.6k
Shares
काठमाडौं, २५ जेठ । बर्दिया, गुलरिया नगरपालिका-१२ भैसाही बस्ने २१ वर्षीय बिरेन्द्र थारूको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका-९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा बस्ने ३० वर्षीय सन्जुर मियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । विद्युतीय मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।