सिंहदरबारमा माओवादी संसदीय दलको बैठक सुरु

11k Shares

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित  दलको कार्यालयमा  बैठक सुरु भएको हो। 

बैठकमा संसद्‌मा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ।भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन्। बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ।

सम्बन्धित समाचार