हेटौंडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ सडक खुल्यो

7.5k Shares

हेटौंडा – हेटौंडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ सडक खुलेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ मा रहेको बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको ठाउँमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि गाडी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

यस्तै बिहीवार बिहान मकवानपुरको भिमफेदी गाउँपालिका–८ र्भयाङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार