बजेट २०८२/०८३ : विद्युतीय गाडीकाे कर बढेन : जाँड–रक्सी, चुरोट र सुर्तीको भाउ बढ्ने

8.9k Shares

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।

बजेटका मुख्य बुँदा यस्ता छन् :

  • बजेटको आकार बढ्यो, कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
  • कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुग्यो
  • वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
  • विद्युतीय गाडीको कर बढेन
  • जाँड–रक्सी, चुरोट र सुर्तीको भाउ बढ्ने
  • सार्वजनिक संस्थानको खर्चमा विदेश भ्रमण जान रोक
  • सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई आयकर र विद्युत् महसूल छुट
  • डिजिटल कारोबारमा लाग्दै आएको कर हट्यो, कारोबार शुल्क पनि घट्ने
  • १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर छुट
  • ठूला राजमार्गलाई प्राथमिकता
  • ग्रीन हाइड्रोजन उद्योगका उपकरण खरिदमा छुट
  • महिलाका नाममा उद्योग दर्ता निःशुल्क
  • सबै प्रदेशमा एक अस्पतालमा विशेष जलन सेवा
  • सातै प्रदेशमा विशिष्टीकृत उपचार
  • स्वास्थ्य बीमाको पुरानो बक्यौता तिरिने, सामाजिक सुरक्षा कार्यक्रम स्वास्थ्य बीमाअन्तर्गत हुने
  • नेपालमा बसेर विदेशमा सेवा दिनेले अब ५ प्रतिशतमात्र आयकर तिरे पुग्ने
  • समस्यामा परेका उद्योगीलाई ब्याज जरिवानामा छुट
  • सूचना प्रविधि र होटललाई आयकर छुट
  • हरेक वर्ष एकपटक केवाईसी भर्नुपर्ने
  • स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने
  • विद्यार्थीलाई हप्तामा २० घण्टा कामको व्यवस्था
  • एसईई प्रदेशबाट सञ्चालन गर्ने
  • मुसहर, डोम र चमार समुदायलाई चिकित्सा शिक्षामा छात्रवृत्ति
  • विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने
  • उच्च शिक्षासम्बन्धी छाता ऐन बनाइने
  • तराई–मधेश द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने
  • काठमाण्डाै–हेटौँडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गरिने
  • एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने
  • बिजुलीको शुल्क समय अनुसार फरक हुने
  • मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा रोक लगाइने
  • उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गर्ने
सम्बन्धित समाचार