डुबेर मृत्यु

6.7k Shares

काठमाडौं, १३ जेठ । कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित दहमा डुबेर हाल नाम, थर
र वतन नखुलेका अन्दाजी १२ वर्षीय बालकको सोमबार दिउसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सितापुर बस्ने ४५ वर्षीय बिन्देश्वर साहको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार