ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबिच चर्काचर्की

9.8k Shares

विश्व । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भेटवार्ता भयो, जसमा गोरा किसानहरूको मृत्युबारे बहस भयो।
ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको नरसंहार भइरहेको आरोप लगाए, तर रामाफोसाले यसलाई अस्वीकार गर्दै आफ्नो देशमा हत्या दर उच्च रहेको र काला मानिसहरू बढी पीडित भएको बताए।
ट्रम्पले नरसंहारको प्रमाण देखाउने भन्दै भिडियो चलाए, जसमा हजारौं गोरा किसानको चिहान देखाइएको दाबी गरियो, जसलाई रामाफोसाले पहिले कहिल्यै नदेखेको बताए।
वासिङ्टन डीसी । केही समयअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग झगडै गरेका थिए । ट्रम्पले एक पटक फेरि यस्तै रवैया देखाएका छन् ।

ट्रम्पले बुधवार ह्वाइट हाउसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटवार्ता गरेका  थिए । यसक्रममा ट्रम्पले दुई देशहरू बिचको विवादको सबैभन्दा जटिल मुद्दा, गोरा किसानहरूको मृत्युको बारेमा बहस गरे । 

उनले दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि गोरा किसानहरूको नरसंहारको आरोप लगाए । यो आरोप निराधार भएको भन्दै रामाफोसाले ट्रम्पको कुरा काटे । आफ्नो देशमा गोरा मानिसहरूलाई निशाना नै नबनाएको होइन तर आफ्नो देशमा हत्या दर निकै धेरै रहेको अनि गोराहरू भन्दा कालाहरू बढी पीडित भएको उनले बताए । 

ट्रम्पले देखाए नरसंहारको प्रमाण

कुराकानीको क्रममा ट्रम्पले गोरा मानिसहरूको नरसंहारको प्रमाण देखाउने दाबी गरिएको भिडियो चलाएका थिए । भिडियो चलिरहेको बेला रामाफोसा भावविहीन भएर बसे । भिडियोमा हजारौँ गोरा किसानहरूको चिहान देखाइएको ट्रम्पले भनेका थिए । यस्तो दृश्य पहिले कहिल्यै नदेखेको रामाफोसाले बताए । 

दक्षिण अफ्रिकाले गोरा किसानहरूको जग्गा कब्जा गरेको र घृणित बयानबाजी अनि सरकारी कारबाहीमार्फत गोरा जग्गाधनीहरू विरुद्ध हिंसालाई प्रोत्साहन गरेको आरोप पनि ट्रम्पले लगाए । ट्रम्पले दक्षिण अफ्रिकालाई यस्तो खालको आरोप लगाएको यो पहिलो पटक भने होइन । यसअघि पनि ट्रम्पले दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक गोरा जनसङ्ख्यालाई निशाना बनाइएको आरोप लगाएका थिए । 

सम्बन्धित समाचार