जनकपुर । नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । जनकपुरस्थित निधि भवनमा बिहान ११ बजेदेखि मतदान सुरु भएको हो ।
अन्तिम नामावली प्रकाशनमा विवाद भएपछि २२ वैशाखमा हुने मतदान रोकिएको थियो । झन्डै १५ दिन पछाडि निर्वाचन गर्ने आन्तरिक सहमति जुटेपछि एमाले धनुषाको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार भोला यादवले बताए ।
१३५ पदका लागि सुरु गरिएको मतदान दिउँसो सवा २ बजेसम्म चल्ने निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचन समितिका अनुसार ६२८ जना मतदाताले मतदान गर्दैछन । निर्वाचनमा अध्यक्ष पदमा भोला यादवको समूह र लक्ष्मीनारायण यादव समूहबिच प्रतिस्पर्धा भैरहेको छ ।
गएको २२ वैशाखमा नयाँ नेतृत्व चयनमा आन्तरिक विवाद चर्किएपछि एमाले धनुषाका निर्वाचन स्थगन भएको थियो ।