6.1k
Shares
काठमाडौं । प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
यसअघि ४ वैशाखमा भएको एआईजी बढुवामा उनीसहित राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटेको थियो । शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका राजन अधिकारी र डा. मनोज केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो ।