5.4k
Shares
काठमाडौं, ४ जेठ । दार्चुला, शैल्यशिखर नगरपालिका-९ सतभोगेस्थित महाकाली हाईवेमा बैतडीबाट दार्चुलातर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०२३ च ७५६८ नम्बरको कारमा शनिबार राति आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।
बारा, पचरौता नगरपालिका-३ रामनगर बस्ने सुरजलाला पटेलको गोठमा शनिबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तु, विजयनगर गाउँपालिका-३ डगडई बस्ने राधेश्याम यादव समेत ८ जनाको घर तथा गोठमा आइतबार बिहान आगलागी हुँदा करिब १७ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।