‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खलाको दृश्यावलोकन

6.8k Shares

काठमाण्डौ – काठमाण्डौमा आयोजित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खलाको दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान अर्थात् (माउन्टेन फ्लाइट)मार्फत विदेशी पाहुनालाई आज बिहान सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा जानुभएको थियो । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए ।

झन्डै एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले हिमशृङ्खलाको दृश्यावलोकन गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयोे । उहाँका अनुसार साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको हो ।  

सम्बन्धित समाचार